करिष्मा मानन्धर र आकाश अधिकारीलाई दादासाहेब फल्के अवार्ड प्रदान

काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धर र निर्देशक तथा अभिनेता आकाश अधिकारीलाई भारतको प्रतिष्ठित ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड २०२३’ बाट सम्मानित गरिएको छ । गत आइतबार साँझ भारतको मुम्बईमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै दुवैलाई यो अवार्ड प्रदान गरिएको हो । भारतीय चलचित्रका दिग्गज निर्देशक दादासाहेब फाल्केको नाममा स्थापित ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन’ सिने जगतमा प्रतिष्ठित मानिन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो अवार्ड २०२२ मा दिने योजना थियो तर कोभिडका कारण प्रभावित भएपछि अहिले प्रदान गरिएको हो । सो अवसरमा भारतीय चलचित्र निर्देशक तथा निर्माता केसी बोकाडियालाई पनि सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर