शरणार्थी प्रकरण : ३२ जना संलग्न रहेको निष्कर्ष

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको सरकारी वकिल कार्यालयलाई सोमबार बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रतिवेदन प्राप्त प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा अध्ययन गरिने जानकारी दिए ।

सह–न्यायाधिवक्ता न्यौपानेले सरकारी वकिल कार्यालयमा प्राप्त भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गरी बुधबारसम्म जिल्ला अदालतमा मुद्दा दायर गरिसक्ने बताए । सरकारी वकिल कार्यालयले क–कसलाई के—के मुद्दा लगाउने भन्ने विषयमा अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने उनको भनाइ छ ।

उनले भने, ”अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौँ । पक्राउ परेकाहरूलाई ठगी र सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना रहेको छ ।’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर