मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

काठमाडौं ।  सुख्खा पहिरो खस्दा सोमबार दिउँसो साढे २ बजेदेखि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका ६ को तुइनभिर नजिकै ३ नं. पुलमा सुख्खा पहिरो खसेको थियो  । पहिरो खस्ने क्रम नरोकिएकाले यातायात र मानिस हिँड्नलाई समेत रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अवरुद्ध बाटो खोल्नका लागि प्रहरी र सडक डिभिजन कार्यालयबाट परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजय पण्डितले जानकारी दिए । पुन:निर्माणको लागि सो स्थानमा पहाड काटिएको थियो । एक महिनादेखि  पहाड काट्ने काम रोकिएको छ । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर