नक्कली भुटानी शरणार्थी प्रकरण : २७ करोडको बिगो माग

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ६० दिनको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।
प्रहरीले यस प्रकरणमा झन्डै २७ करोडको बिगो रकम माग गरेको समाचार स्रोतले जनाएको छ । पहिले २६ करोडको बिगो देखिएपनि आइतबार मात्रै आङटावा शेर्पाविरुद्ध पीडितले थप जाहेरी दिँदा बिगो रकम बढ्न गएको बताइन्छ । सरकारी वकिलले पनि उक्त प्रतिवेदनलाई मंगलबार अदालतमा पेश गर्नुपर्ने छ।शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको र १२ जनाभन्दा बढी फरार रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर