अन्ततः रेशम चौधरीलाई आममाफी दिने तयारीमा सरकार ?

काठमाडौ । सरकारले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जेठ १५ गते गणतन्त्र दिवसका दिन उनको बाँकी कैद मिनाह गरी आममाफी दिने तयारी गरेको बुझिएको छ । सर्वोच्च अदालतले उच्च अदालत दिपायलको चौधरीलाई आजन्म कैद गर्ने फैसलालाइृ सदर गरेपछि उनको रिहाइको बाटो बन्द भएको हो ।

(टीकापुर घटनाका दोषी रेशम चौधरी)

चौधरीलाई रिहाइ गर्न नागरिक उन्मुक्ति पार्टीको चर्को दबाव भएकाले सरकारले राष्ट्रपतिबाट आममाफी दिलाउने मार्ग अख्तियार गर्न लागेको समाचार स्रोतको दावी रहेको छ ।

सरकारले केही समयअघि चौधरीलाई छुटकारा दिन प्रतिनिधिसभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक दर्ता गराएको थियो। उक्त विधेयक संसद्‌मा पेस भए लगत्तै सर्वोच्चले अदालतले चौधरीको हकमा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले गरेको जन्मकैदको फैसला सदर हुने फैसला सुनाएको थियो।

यसैबीच चौधरीलाई कैद छुट दिने बारेमा सिफारिस गर्न सक्ने गरी महान्यायाधिवक्ताको कार्यालयले बाटो खोलेको छ। चौधरीलाई हालै मात्र सर्वोच्चले जिल्ला र उच्चको फैसला सदर गर्ने फैसला सुनाएको र उक्त फैसलाको पूर्णपाठ हालसम्म तयार नभएको जवाफ सरकारी वकिलको कार्यालयले पठाएको छ।

चौधरी हाल सदरखोर डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् । नागरिक उन्मुक्ति पार्टी प्रचण्ड नेतृत्वको सरकारमा  साझेदार पार्टी हो । चौधरीकी पत्नी सञ्चिता  श्रेष्ठ संघीय मन्त्री रहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर