मञ्जुले भेटिन् पति बालकृष्ण खाँणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण्त खाँणलाई उनकी पत्नप् मञ्जुखाँणले सोमबार भेटेकी छन् ।
करिब १२ दिनपछि पत्नी मञ्जु पति बालकृष्णलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं टेकुको हिरासत कक्ष पुगेकी हुन्।
कांग्रेसको समानुपातिकतर्फट सांसदसमेत रहेकी मञ्जुले पति खाँण पक्राउ परेपछि पहिलोपटक भेटेको बताइएको छ । गत वैशाख २७ गते बालकृष्ण आफ्नै निवास मैजुबहालबाट पक्राउ परेपछि मञ्जु भने सम्पर्कविहीन थिइन्। उनको मोबाइल समेत अफ थियो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा खाणसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुविरुद्धको सुरुवात अनुसन्धान सकेर प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर