किशोरीहरूलाई यौन धन्धामा लगाउने एक युवक पक्राउ

काठमाडौं ।  काभ्रे प्रहरीले किशोरीहरूलाई यौन धन्धामा लगाउने एक युवकलाई पक्राउ गरेको छ। बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका–६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पक्राउ गरिएको हो।

नेपा–८ स्थित उक्त क्याफेमा अनैतिक क्रियाकलाप भएको उजुरीपछि क्याफेका सञ्चालक मैनालीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहोरा जानकारीले दिए। उनका अनुसार उक्त होटेलबाट अनैतिक कार्यमा संलग्न गराइएका ३ जना किशोरीहरूलाई उद्धारसमेत गरिएको छ। जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद थप अनुमति लिई अनुसन्धान थालिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर