बलात्कारपछि हत्या गरेर फरार भएका दुई जना १६ वर्षपछि पक्राउ

काठमाडौं । बलात्कारपछि हत्या गरेर फरार भएका दुई जना १६ वर्षअघि पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेर उनीहरू फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहीदभूमि गाउँपालिकाबाट पक्राउ गरी उनीहरूलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो । जसअनुसार १० दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धानअगाडि बढाइएको मल्लले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने बित्तिकै दुवै जनाले आफूले गरेको उक्त अपराध स्वीकार गरेका छन् ।

गत २०६४ मङ्सिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगी ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थालेपछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवै जनाले स्वीकार गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर