साल्भाडोरको रंगशालामा भागदौड हुँदा १२ जनाको मृत्यु

काठमाडौं । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रंगशालामा भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एल सल्भाडोरको कुस्काटलाना रंगशालामा स्थानीय फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भीडमा भागदौड मच्चिएको हो ।

सयौं सुरक्षाकर्मीको तैनाथकाबीच भएको घटनामा थुप्रै घाइते भएका छन् । फुटबल खेल सुरु हुनु अघि भएको सो घटनाका क्रममा फुटबल प्रतियोगिता समेत रद्द गरिएको थियो ।

एल सल्भाडोरको लोकप्रिय फुटबल टोली अलियान्जा र एफएएसबीच फुटबल खेल हुन लागेको बेलामा भएको घटनामा रंगशाला बाहिर रहेका सर्वसाधारणमा पनि त्रास फैलिएको थियो ।

भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्‍याइएको थियो। एजेन्सी

आर्मी आज सातौं जितको योजनामा हुनेछ । आर्मी १९ खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

फ्रेन्ड्स छैटौं जितको खोजीमा हुनेछ । फ्रेन्ड्स १९ खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा शीर्ष स्थानमा चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

चर्च ब्वाइज आज ११ औं जितको योजनामा छ । चर्च ब्वाइज १९ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

हिमालयन सातौं जितको योजनामा रहेको छ । हिमालयन १९ खेलमा २५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर