पीएसजीको जितमा एमबाप्पे नायक

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले उसेलाई २-१ गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे ।

खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

आठौं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ५१ औं मिनेटमा उसेका लासिन सिनायोकोले गोल गरेपनि पीएसजी २-१ ले विजयी भयो ।

यस जितसँगै पीएसजी उपाधि नजिक पुगेको छ ।

पीएसजीले ३६ खेलमा ८४ अंक जोडेको छ ।

३४ अंक जोडेर उसे १६ औं स्थानमा रहेको छ ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर