रियल मड्रिड भ्यालेन्सियासँग १-० ले पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ ।

आइतबार राति भएको खेलमा रियललाई भ्यालेन्सियाले १-० गोल अन्तरले हराएको हो ।

भ्यालेन्सियाको जितमा डिएगो लोपेजले निर्णायक गोल गरे ।

लोपेजले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै खेलको अन्तिम समय रियल १० खेलाडीमा समेटिएको थियो ।

भिनिसियस जुनियरले इन्जुरी समयमा रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको हो ।

यस जितसँगै भ्यालेन्सियाले ३५ खेलमा ४० अंक जोडेको छ ।

भ्यालेन्सिया १३ औं स्थानमा रहेको छ ।

रियल ७१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर