सन्दीपको मुद्दा : पीडितको जन्म दर्ता मगाइने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाणपत्रको सक्कल फाइल मागेको छ। न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले उक्त मुद्दामा गौशाला २६ को जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने आदेश गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले बताए।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर