सरकारको काम सकारात्मक : प्रवक्ता महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारको पछिल्लो कदम सकारात्मक रहेको जनाएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार समसामयिक विषयमा पार्टीको स्थिति सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थीमाथि कारबाही, मिटरब्याज पीडितलाई न्याय दिन कानुन निर्माण, विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता, बिदाको दिनमा कार्यालय सुचारु राख्ने, इतिहासमै पहिलो पटक समयमै पाठ्यपुस्तक विद्यालय पुर्‍याएको जस्ता सरकारका कदम सकारात्मक रहेको बताए ।

शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने, खासगरी, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने, गलत ढङ्गबाट पैसा आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको र श्रम, उत्पादनप्रति सम्मान बढेको उनले औँल्याए । प्रवक्ता महराले यससँगै पार्टीको पदाधिकारी बैठकले थप एउटा जनवर्गीय सङ्गठन थप्ने निर्णय गरेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर