पत्रकारहरूको न्यूनतम तलब ३४ हजार १२४ रुपैयाँ बनाउन प्रस्ताव

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको न्यूनतम तलब ३४ हजार १२४ रुपैयाँ बनाउन प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई समितिका अध्यक्ष सङ्गीता खड्कासहितका सदस्यहरूले आइतबार भेटेर चौथो तहको पत्रकारको न्यूनतम तलब ३४ हजार १ सय २४ बनाउन प्रस्ताव गरेकी हुन् ।

पत्रकारको न्यूनतम पारिश्रमिकका विषयमा राजपत्रमा उल्लेख भएपछि लागू हुने कुरा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य टेनिस रोकाले जानकारी दिए । पाँचौँ तहको ३७ हजार ५ सय ३८ रुपैयाँ र वरिष्ठ संवाददाता, भाषा सम्पादक र सहायक सम्पादक वा सो सरहको तलब ४० हजार ९०० सय बनाउनुपर्ने प्रस्ताव छ ।

यस्तै, कार्यालय सहयोगीको तलब २५ हजार २०० कायम गरिएको छ । कार्यालय सहायकको २७ हजार ७ सय २० रुपैयाँ गर्नुपर्ने प्रस्ताव छ । यसअघि पत्रकारको न्यूनतम तलब २४ हजार ६ सय कायम गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर