“बाघ भोकै बस्छ, घाँस खाँदैन्। केपी ओलीले म्याउँम्याउँ गर्दैन्”

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले तीन शीर्ष नेताहरुको बैठकमा कसैलाई उम्काउने विषयमा छलफल नभएको बताएका छन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सरकारी कार्यपत्रमानथि भएको छलफलमा भाग लिँदै ओलीले भने, “तीनटा पार्टीका नेता भेट्दा सन्देह पैदा भयो। मन्त्रिपरिषद् बैठक बस्दा सन्देह भयो। के सदन चलाउने कुरामा नेताहरु छलफल गर्दैनन्? संसद्‌मा जटिल प्रकारका बनावट हुन्छन्। ती विना अवरोध (स्मुथ्ली) कसरी लाने छलफल गर्दैनन् ?’ ।

तीमध्ये अन्य दुई नेताहरुमाथि भन्दा पनि आफूलाई शंकाको दृष्टिले हेरिएको बुझ्दै उनले अर्को प्रश्न गरे, ‘दुईटा नेता दूधमा नुहाएका, म चाहिँ लौ न मान्छे बचाइदेऊ भन्ने गएको ? बाघ भोकै बस्छ, घाँस खाँदैन्। केपी ओलीले म्याउँ म्याउँ गर्दैन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर