भाजपाको हिन्दू राज्यबारे लबिङसम्बन्धी चित्रबहादुरको प्रश्न

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई हिन्दू राज्य बनाउने भनी भारतीय जनता पार्टीले लबिङ गरेको भन्ने विषयमा सदनमा जानकारी गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा केसीले धर्म व्यक्तिको आस्थाको कुरा भएको भन्दै केसीले छिमेकी भारतको सत्तारुढ दल भाजपाले हिन्दू राज्य बनाउन सहयोग गरेको भनेको कुरा अमेरिकी राजदूताबासबाट जानकारीमा आएको बताए।

केसीले धर्मलाई देखाएर राजनीति सोझ्याउने कार्य भएको भन्दै छिमेकीको कुरा सुन्नु गलत भएको बताए। भारतलाई हिन्दू राज्य बनाउन नसक्ने, तर नेपालमा किन भाजपाले चासो राखेको हो भनेर केसीले प्रश्न गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर