बार्सिलोनालाई सोसिडाडले उसैको मैदानमा हरायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले हार व्यहोरेको छ ।

ला लिगाको उपाधि जितिसकेको बार्सिलोनालाई शनिबार राति रियल सोसिडाडले २-१ गोल अन्तरले हराएको हो ।

बार्सिलोनालाई सोसिडाडले उसैको मैदानमा हराएको हो ।

खेलको पाँचौं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै सोसिडाडलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७२ औं मिनेटमा एलेक्सजेन्डर सोरिओथले गोल गर्दै सोसिडाडलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि बार्सिलोना २-१ ले पराजित भयो ।

घरेलु मैदानमा हार व्यहोरेको खेलमा बार्सिलोनाले उपाधि ट्रफी प्राप्त गरेको छ ।

बार्सिलोनाले ३५ खेलमा ८५ अंक जोडेको छ ।

सोसिडाड ६५ अंक जोडेर चौंथो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर