सांसद गौतमद्वारा आमरण अनशन परित्याग

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले अनशन तोडेका छन्। बर्दियाका–१ बाट निर्वाचित सांसद गौतम बर्दियाको जब्दीघाट पुलमुनि आमरण अनशन बसेका गौतमले आठौं दिनमा अनशन तोडेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उनले राखेका माग पूरा गर्न ११ बुँदे सहमति गरेपछि गौतमले अनशन तोडेका हुन्।अनशन तोडे पनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्ना भएका छन्।
प्रतिक्रिया