सरकारी वार्षिक नीति तथा कार्यक्रममाथि एमालेको असहयोग रहने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल सुरु हुँदैछ । छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैबीच प्रमुख प्रतिपक्षका नेता केपी शर्मा ओलीले आजै सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने भएको छ । ओलीले सरकारले शुक्रबारर ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै विरोधसमेत जनाइसकेको छ । ओलीले सो नीति तथा कार्यक्रमलाई एमाले पार्टीले पारित गर्न नसक्ने धारणा व्यक्त गर्ने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर