पूर्वी रुकुममा भूकम्प

काठमाडौँ । पूर्वी रुकुमको हुकाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रबिन्दु भएर शनिबार राति २ः५९ बजे चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रबिन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर