रुस–युक्रेन युद्ध रोक्न भारतको पहल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको हिरोशिमामा भएको जी–७ शिखर सम्मेलनको छेउमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरे। गत वर्ष रुस–युक्रेन द्वन्द्व सुरु भएपछि दुई नेताबीचको यो पहिलो भेट हो । युक्रेनका राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री मोदीले भने, “युक्रेन युद्ध विश्वको ठूलो मुद्दा हो, म यसलाई अर्थतन्त्र र राजनीतिको मुद्दा मात्र ठान्दिनँ, मेरो लागि यो मानवताको मुद्दा हो र भारत र म युद्धको माधानका लागि जे गर्न सक्छु त्यो गर्छु ।”

यसैगरी मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । नेताहरूले बास्टिल डेका लागि प्रधानमन्त्रीको आगामी फ्रान्स भ्रमणको बारेमा छलफल गरे र भारत–फ्रान्स रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा गरे। भेटपछि दुई नेताबीच द्विपक्षीय सम्बन्धका सबै पक्षका बारेमा जानकारी लिएको प्रधानमन्त्री कार्यालयले ट्विट गरेको छ । यस्त मोदीले शनिबार जर्मन चान्सलर ओलाफ स्कोल्जसँग भेटघाट गरे जसमा दुई नेताहरूले द्विपक्षीय सम्बन्धमा प्रगतिको समीक्षा गरे र क्षेत्रीय विकास र विश्वव्यापी चुनौतीहरूमा विचार आदान प्रदान गरे । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर