विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्याको व्यवस्था गर्न निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ नि:शुल्क उपचार गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
महानगगर अन्तरगतको स्वास्थ्य विभागले सूचना जारी गर्दै महानगरपालिका क्षेत्रभित्रका केन्द्र, प्रादेशिक स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थालाई उक्त निर्देशन दिएको हो। साथै स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुको प्रचलित कानुनले ताकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न पनि भनेको छ।
प्रतिक्रिया