आफूहरुले चाहेमा प्रचण्ड सरकार ढाल्न सक्ने माधव नेपालको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा प्रचण्ड सरकार ढाल्न सक्ने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले संसद्‍मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिए ।

सिन्धुलीमाढीमा शनिबार एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गरे । थोरै सिट भनेर नहेप्न उनले सत्ता गठबन्धनलाई चेतावनी दिए । नेकपा एमालेतर्फ इंगित गर्दै अध्यक्ष नेपालले धेरै सिट हुनेहरुको सरकार प्रदेशसभामा भकाभक ढलेको भन्दै कटाक्षसमेत गरे ।

बढी सिट भएर मात्र नहुने भन्दै उनले टिकाउन नसक्नेले धेरै “फुइँ हाँक्न नहुने” तर्क गरे । एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले “मूर्ख राजा” को कथा सुनाएर व्यङ्ग्य गरेका थिए । “मैले जे गरे पनि हुन्छ” भन्ने मूर्ख राजा जस्तै ओली “अहंकारी र घमण्डी” भएकाले आफूहरुले विद्रोह गर्नुपरेको उनले बताए । नचाहिने काममा फजुल खर्चगर्ने, गर्नुपर्नेमा नगर्ने, आफूहरुले जे गरे पनि ठीक र त्यसको स्तुती गान गाउनुपर्ने भएकाले एमालेबाट विद्रोह गर्न आफूहरु बाध्य भएको अध्यक्ष नेपालको भनाइ थियो ।

पानीजहाज, भ्यू टावर नेपालको आवश्यकता नभएको तर्क गर्नै वर्तमान गठबन्धनको सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले आशा जगाएको बताएका थिए । एकीकृत समाजवादी स्थापना भएको दुई वर्ष मात्र भएकाले आकार ठूलो जस्तो नदेखिए पनि देशभर संगठन फैलँदै गएको उनको जिकिर थियो । तर आफूहरूकै कमजोरीले गर्दा राष्ट्रिय पार्टी बन्न नसकेकोमा उनले आत्मालोचनासमेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर