‘भष्मे डन’ को छायाङ्कन सकियो

काठमाडौं । विपीन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद २– भष्मे डन’ को छायाङ्कन सकिएको छ । पशुपतिमा मन्दिर परिसरमा अन्तिम दृश्य सुटिङ गर्देँ फिल्मको इन्ड(क्याप गरिएको हो । फिल्मका निर्देशक दीपेन्द्र के खनालका अनुसार लगभग दुई महिनामा फिल्मको छायाङ्कन सकिएको छ । खगेन्द्र लामिछाने फिल्मका निर्माता तथा लेखक हुन् ।

फिल्ममा विपीनसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा शिवाकोटी, रवीन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय छ। यो फिल्म ‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’ माथि निर्माण भएको हो। फिल्म आगामी कात्तिक ४ गतेदेखि प्रदर्शन हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर