रुसद्वारा ओबामालगायत अन्य अधिकारीहरूमाथि प्रतिबन्ध

काठमाडौं । रुसले शुक्रबार ५ सय अमेरिकी नागरिकलाई देशमा प्रवेशमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । जसमा पूर्वराष्ट्रपति बाराक ओबामादेखि टेलिभिजन जगतसम्मका धेरै ठूला व्यक्तित्वको नाम समावेश छ ।

रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाइडेन प्रशासनले रुसमाथि बारम्बार लगाएको प्रतिबन्धलाई ध्यानमा राख्दै अब पुटिन सरकारले पनि ५०० अमेरिकीका लागि आफ्नो ढोका बन्द गरेको बताएको छ । रुस–युक्रेन युद्धपछि अमेरिकाले रुसी अर्थतन्त्रलाई नोक्सान पु¥याउन रुसी कम्पनी र व्यक्तिलाई कालोसूचीमा राखेको छ । शुक्रबार नै अमेरिकाले रुससँग सम्बद्ध १०० भन्दा बढी संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाएको थियो । तर, रुसी पक्षबाट यस्तो कदम विरलै देखियो।

रुसले रुसविरुद्ध गलत सूचना फैलाउने अमेरिकी सांसद र थिंक ट्याङ्कलाई पनि कालोसूचीमा राखेको रसियाले जनाएको छ । यसबाहेक युक्रेनलाई हतियार आपूर्ति गर्ने कम्पनीका प्रमुख अधिकारीलाई पनि प्रतिबन्ध लगाइएको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर