रेसुङ्गा वनको डढेलो निभाउने प्रयास जारी

काठमाडौं । गुल्मीको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा शुक्रबार बेलुकीदेखि लागेको डढेलो अझै नियन्त्रण गर्ने प्रयास जारी छ । रेसुङ्गा नगरपालिकाको वडा नम्बर–८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा लागेको डढेलो नियन्त्रणका लागि नगरपालिकाको दमकल, स्थानीय जनप्रनिधि, सुरक्षा कर्मी परिचालन भए पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

डढेलो नियन्त्रणका लागि शनिबार पनि बिहानैबाट टोली खटिएको रेसुङ्गा नगरपालिका वडानम्बर ८ का वडाअध्यक्ष निरञ्जन काउछाले जानकारी दिए । डढेलोले रेसुङ्गा नरगपालिकाको खानिगाउा क्षेत्र जोखिममा परेको छ । डढेलोका कारण कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर