पीएसजीका कप्तानद्वारा सम्झौता नवीकरण

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान मार्क्विन्होसले सम्झौता नवीकरण गरेका छन् ।

पीएसजीले शुक्रबार कप्तान मार्किन्होसले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।

अब ब्राजिलियन डिफेन्डर मार्क्विन्होस २०२८ सम्म पीएसजीमा रहने छन् ।

मार्क्विन्होस २०१३ मा रोमाबाट पीएसजी आएका थिए ।

२९ वर्षीय डिफेन्डरले सम्झौता नवीकरण गर्न पाउँदा निकै खुशी भएको बताए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर