जोन्सले युनाईटेड छाड्ने

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडका डिफेन्डर फिल जोन्सले क्लब छाड्ने भएका छन् ।

इंग्ल्यान्डका डिफेन्डर जोन्सले यसै समरमा युनाईटेड छाड्ने भएका हुन् ।

३१ वर्षीय डिफेन्डरको सम्झौता यसै समरमा सकिदैछ ।

डिफेन्डर जोन्स सन् २०११ मा ब्ल्याकबर्न रोभर्सबाट युनाईटेड आएका थिए ।

युनाईटेडले २०१२र१३ को सिजन प्रिमियर लिग जित्दा उनी टिमका मुख्य सदस्य थिए ।

जोन्सले युनाईटेडका लागि २ सय २९ खेलमा ६ गोल गरेका छन् ।

इंग्ल्यान्डका लागि जोन्सले २७ खेल खेलेका छन् ।

जोन्स पछिल्लो समय चोटबाट गुज्रिरहेका छन् । चोटबाट मुक्त हुन उनी प्रयासरत छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर