सुदूरपश्चिमको भागबण्डाप्रति नागरिक उन्मुक्ति असन्तुष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रालयहरुको भागबण्डालाई लिएर नागरिक उन्मुक्ति पार्टीले असन्तुष्टि जनाएको छ। आफूहरुलाई एउटा मात्रै मन्त्रालय दिइएको भन्दै नागरिक उन्मुक्तिका नेताहरुले असन्तुष्टि जनाएका छन्।
नागरिक उन्मुक्ति पार्टी, प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले २ मन्त्रालय पाउनुपर्ने दाबी कायम राख्दै नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएका छन्। उनले सामाजिक बिकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउनुपर्ने माग गरेका छन्।
३ वटै दलले १–१ वटा राज्यमन्त्री पाउने सहमति भएको बताइए पनि नागरिक उन्मुक्तिले भने २ वटा मन्त्री नै पाउनुपर्ने दाबी गरेको हो।
प्रतिक्रिया