ऐश्वर्या पहिरनका कारण ट्रोल बनिन्

काठमाडौं । भारतीय अभिनेत्री ऐश्वर्या राई बच्चन कान्स फिल्म फेस्टिभलमा सहभागी भएपिछ पहिरनका कारण विवादमा परेकी छिन् ।

रेड कार्पेटको हिडेको उनको तस्बिर सार्वजनिक भएपिछ ऐश्वर्या ट्रोल भएकी हुन् । धेरैले उनलाई गिफ्ट र्‍यापसँग तुलना गरिरहेका छन् भने कतिपयले उनी फिल्म ‘कोई मिल गया’को ‘जादु’ जस्तो देखियो भन्दै ट्रोल गरिरहेका छन् ।

बिहीबार ७६औँ कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी ऐश्वर्याले सोफी कउचर द्वारा डिजाइन गरिएको पहिरन लगाएकी थिइन् ।

लगातार २१ औं वर्ष कान्समा उपस्थित भएकी ऐश्वर्याले यसपटक कालो हुड र चाँदीको गाउन लगाएकी थिइन् । सोफी कउचरको इन्स्टाग्राम पोस्टअनुसार ऐश्वर्याले कान्समा यो पोशाक लगाएर डेब्यु गरेकी हुन्। चाँदीको सेक्विन एल्युमिनियम र क्रिस्टलबाट बनेको हुन्छ ।

उनको तस्बिर सामाजिक सञ्जालमा अहिले निकै भाइरल भइरहेको छ । ऐश्वर्या लगातार २१ वर्षदेखि यस फिल्म फेस्टिभलमा सहभागी हुँदै आएकी छिन् ।

फिल्म ‘देवदास’को सफलतापछि ऐश्वर्या पहिलो पटक शाहरुख खान र निर्देशक सञ्जय लीला भन्सालीसँग कान्सको हिस्सा बनेकी थिइन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर