न्युकासल च्याम्पियन्स लिग नजिक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा न्युकासलले ब्राइटनलाई ४-१ गोल अन्तरले हराएको हो ।

न्युकासलको जितमा डान बर्न, कलुम विल्सन र ब्रुनो गुइमारेसले एक एक गोल गरे । यस्तै डेनिज उन्दाभले एक आत्मघाती गोल गरे ।

ब्राइटनका लागि आत्मघाती गोलकर्ता डेनिज उन्दाभले एक गोल फर्काए ।

यस जितसँगै न्युकासलले ३६ खेलमा ६९ अंक जोडेको छ ।

न्युकासल तेस्रो स्थानमा रहेको छ ।

जितपछि न्युकासल प्रिमियर लिगको शीर्ष चारमा रहदै च्याम्पियन्स लिगको नजिक समेत पुगेको छ ।

ब्राइटन ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर