सहिद स्मारक ‘ए’ डिभिजन लिग : तीन खेल हुँदै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार तीन खेलहरु हुँदैछन् ।
लिगको दोस्रो लेग अन्तर्गत शुक्रबार तीन खेलहरु हुँदैछन् । जसमा दुई दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र आर्मीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
खुअल्टर आज छैटौं जितको योजनामा हुनेछ । खुमलटार १८ खेलमा १७ अंक जोडेर पुछारमा रहेको छ ।
आर्मी सातौं जितको खोजीमा हुनेछ । आर्मी १८ खेलमा २५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
चर्च ब्वाइज दशौँ जितको योजनामा छ । चर्च ब्वाइज १८ खेलमा ३३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
पुलिस सातौं जितको योजनामा रहेको छ । पुलिस १८ खेलमा २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच खेल हुनेछ । हिमालयन र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
हिमालयन आज छैटौं जितको खोजीमा हुनेछ । हिमालयन १८ खेलमा २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
एपीएफ सातौं जित निकाल्न चाहन्छ । एपीएफ १८ खेलमा २२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।