टाइफाइडबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले टाइफाइडबाट ज्यान जोगाउन सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुचना निकाल्दै टाइफाइडबाट ज्यान जोगाउन सरसफाइमा ध्यान दिन आग्रह गरेको हो ।

चिकित्सकका अनुसार ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु दुषित खाना वा पानीको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्ने गर्दछ । त्यसैले टाइफाइडबाट बच्न व्यक्तिगत सरसफाइ तथा वातावरण स्वच्छ राख्न मन्त्रालयले आग्रह गरेको हो । यसबाट बच्न सफा चर्पीको प्रयोग गर्नुका साथै बच्चाको दिसा चर्पीमा फाल्ने, बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुने, राम्रोसँग पकाएको र सँधै छोपेर राखेको खाना खाने, बासी, सडेगलेको र झिङ्गा भन्केको खाना नखान मन्त्रालयले अनुरोध गरेको छ ।

त्यसैगरी, पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट प्रयोग गरी सफा र सुरक्षित पानी पिउने मन्त्रालयको सुझाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर