नक्कली भुटानी शरणार्थी प्रकरण : दुष्प्रचार नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ ।

काउन्सिलले बिहीबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चारमाध्यम एवं सञ्चारमाध्यमको झल्को दिनेगरी भ्रम फैलाउने सामाजिक सञ्जाल (युट्युब,फेसबुकलगायत) बाट दुष्प्रचार भएको जनाएको छ ।

काउन्सिलले एथेष्ट प्रमाणविना र अपुष्ट स्रोतरबयानकोबारेमा दुष्प्रचार गरी घटनासँग असम्बन्धितत व्यक्ति, सङ्घसंस्था, राजनीतिक दल र नेताको चरित्र हत्या एवं मानहानी हुनेगरी भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “समाजमा भ्रमरअफवाह फैलाउने, अतिरञ्जित गर्ने, अनुसन्धान र न्यायिक निरुपणमा प्रभाव पार्ने किसिमबाट सत्य, तथ्य एवं सन्तुलन विमुख  भई सामग्री सम्प्रेषण हुनु पत्रकारिताका मूल्य र मान्यताविपरीत कार्य हो” काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीबारे उजुरी र गुनासा आउने क्रम बढेको भन्दै विज्ञप्तिमा पत्रकारिताको मूल्य, मान्यताविपरीत र आचारसंहिता प्रतिकूलका कुनै पनि सामग्री सम्प्रेषण नगर्न÷नगराउन भनिएको छ ।

पेशागत आचरणविपरीत, आधार प्रमाण पुष्टि नहुने, अनुसन्धान,छानविनलगायत समग्र न्यायिक प्रक्रियामा गम्भीर असर पर्ने गरी सम्प्रेषित सामग्रीले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४ (३), ४ (६) र ५ (११) उल्लङ्घन हुन्छ । काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीबारे नियमित अनुगमनका साथै प्राप्त उजुरी र जनगुनासाको सुनुवाइ गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर