नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी नेता टेकनाथ रिजाल गिरफ्तार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी नेता टेकनाथ रिजाल पनि गिरफ्तार भएका छन् । उनी नेपालमा बसोबास गर्ने भुटानी शरणार्थी हुन् ।

काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले नेता रिजाल नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न भएको आशङ्कामा पक्राउ गरेको बताए।

नेता रिजाललाई झापाबाट पक्राउ गरेर काठमाडौं जिल्ला प्रहरी परिसरमा सोधपुछपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएकोमा अदालतले अनुसन्धानका लागि थप दुई दिनको समय थप गरेको छ ।सो प्रकरणमा रिजालको आर्थिक लेनदेनमा संलग्नता देखिएको भनाइ प्रहरीको बुझाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर