गठबन्धनले मुलुकलाई ध्वस्त पार्‍यो : ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचार र मानव बेचबिखनको कोही पनि दोषी उम्कन नहुने बताएका छन् ।

प्रेस चौतारी कास्कीले बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले आफ्ना नागरिकलाई अनागरिक बनाउनु जघन्य अपराध भएको र कुनै व्यक्ति मन परेन भनेर जबर्जस्ती तान्न खोज्ने या मेरो मान्छे परो भनेर संरक्षण गर्न खोज्ने कुनै पनि गतिविधिहरू स्वीकार्य नहुने बताए ।

‘‘यो देशप्रतिको घात हो । यसमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन सकिन्न । प्रहरीले गरेको अनुसन्धान निष्कर्षमा पुग्नको लागि सबै पक्षले आवश्यक सहयोग गर्न जरुरी छ’’, उनले भने, ‘‘यसले हाम्रो सिस्टमलाई कोल्याप्स गर्छ कि, विश्वास टुटाउँछ कि भन्ने स्थिति देखापरेको छ । यस्ता कुराले जनताप्रति असन्तुष्टि, आक्रोश देखा परेको छ । यसले समाज अराजकतातिर जान सक्ने जोखिम देखिएको छ ।’’

उनले गठबन्धनको सरकारले मुलुकलाई ध्वस्त पार्ने काम गरेको आरोप लगाउँदै गठबन्धनलाई सत्ता साधनको दोहनको माध्यम बनाउँदा त्यसको असर मुलुकमा परेको विचार व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर