चीन सरकारद्वारा एमआरआई मेशिन सहयोग स्वरूप उपलब्ध

काठमाडौं । जनवादी गणतन्त्र चीन सरकारबाट नेपाली सेनालाई वीरेन्द्र सैनिक अस्पताल छाउनीका लागि अत्याधुनिक एमआरआई मेशिन सहयोग स्वरूप उपलब्ध गराएको छ ।

नेपालका लागि चीनका राजदूत छागं संग र प्रधान सेनापति महारथी प्रभुराम शर्माले मेशिन जडित कक्षको बिहीबार संयुक्त रुपमा उद्‍घाटन गरेका छन् । मेशिन हस्तान्तरण समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रमा पुर्‍याएको योगदानका लागि चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाप्रति नेपाली सेनाको तर्फबाट आभार प्रकट गरे ।

राजदूत संगले नेपाल–चीनको एक असल छिमेकीका रुपमा रहिआएको र नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रको सुधारमा सहयोग गर्न पाएकोमा प्रशन्‍नता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर