सलमान खानकी बहिनी अर्पिताको घरबाट ५ लाख चोरी

काठमाडौं । भारतीय अभिनेता सलमान खानकी बहिनी अर्पिता खान शर्माको घरबाट ५ लाख बराबरको गहना चोरी भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार अर्पिताले प्रहरीमा उजुरी दिएपछि चोर आफ्नै घरमै काम गर्ने व्यक्ति भएको पाइएको हो । प्रहरीको अनुसन्धानमा चोरी गर्ने व्यक्तिको नाम सन्दीप हेगडे रहेको खुलेको छ । उनी अर्पिताको घरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए ।

सन्दीपले ५ लाख मूल्यको हिराको झुम्का चोरी गरेका थिए । अर्पिताले १६ मे राति आफ्नो घरबाट चोरी भएको उजुरीमा बताएकी थिइन् । तुरुन्तै अनुसन्धान गर्दै प्रहरीले त्यँही रात सन्दीपको घरबाट झुम्का बरामद गरेको थियो ।

अर्पिताले आफूले मेकअप ट्रेमा गहना राखेको र त्यहिबाट गहना हराएको प्रहरीलाई बताइनन् । विगत ४ महिनादेखि अर्पिताको घरमा काम गरिरहेका सन्दीप मे १६ राति देखि गहना चोरेर फरार भएको बयानमा उल्लेख छ ।

अर्पिता सलिम खानकी धर्मपुत्री हुन् । सलीमले हेलेनसँग दोस्रो विवाह गरेपछि उनीहरुको सन्तान थिएन, त्यसैले उनीहरूले अर्पितालाई बच्चाको रूपमा अपनाएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर