इन्टर प्रतिस्पर्धात्मक टोली हो – ग्वार्डीओला

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले च्याम्पियन्स लिगको फाइनलमा टोलीलाई सहज नहुने बताएका छन् ।

रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेपछि ग्वार्डीओलाले फाइनलमा सहज नहुने बताएका हुन् ।

सिटीले फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ । इस्तानबुलमा हुने फाइनल खेल जुन १० मा हुनेछ ।

ुइमानदारीपूर्वक भन्नु पर्दा इटालियन टोली विरुद्धको फाइनल उत्तम उपहार होइन। तिनीहरू प्रतिस्पर्धात्मक छन्। यो जितले धेरै प्रशंसा पाउनेछ तर हामीसँग मानसिक रूपमा तयारी गर्ने समय छ,ु ग्वार्डीओलाले भनेका छन् ।

सिटीले बुधबार राति सेमिफाइनलको दोस्रो लेगमा रियललाई ४-० ले हराएको थियो । पहिलो लेग भने १-१ गोलको बराबरीमा सकिएको थियो ।

ग्वार्डीओलाले रियलविरुद्धको जितले गत वर्षको पीडालाई मल्हम लगाएको बताए । गत सिजनको सेमिफाइनलमा सिटीलाई रियलले हराएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर