आज बिहीबार ‘ए’ डिभिजन लिग अन्तर्गत तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार तीन खेलहरु हुँदैछन् ।

लिगको दोस्रो लेग अन्तर्गत बिहीबार तीन खेलहरु हुँदैछन् ।  जसमा दुई दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स आज छैटौं जितको योजनामा हुनेछ । फ्रेन्ड्स १८ खेलमा २० अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

मछिन्द्र नवौं जितको खोजीमा हुनेछ । मछिन्द्र १८ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

एनआरटी छैटौं जितको योजनामा छ । एनआरटी १८ खेलमा २२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

जावलाखेल दशौँ जितको योजनामा रहेको छ । जावलाखेल १८ खेलमा ३१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ । संकटा र मनाङबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मनाङ आज छैटौं जितको खोजीमा हुनेछ । मनाङ १८ खेलमा २२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

संकटा पनि छैटौं जित निकाल्न चाहन्छ । संकटा १८ खेलमा २१  अंक जोडेर १२ औं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर