ऋणको पुनर्संरचना गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैङ्क तथा वित्तीय सस्थाका ऋणीले उठेको ब्याजको १० प्रतिशत मात्रै भुक्तान गरेमा ऋणको पुनर्संरचना हुने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले बुधबार एकीकृत निर्देशन संशोधन गर्दै होटल तथा रेस्टुरेन्ट, पशुपन्छीपालन र निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र पाँच करोड रुपियाँसम्मको सबै क्षेत्रका कर्जा अवस्था हेरी पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सक्ने व्यवस्था गरेको हो । निर्देशनअनुसार अब ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले यो कामका लागि असार मसान्तसम्म मात्र समयसीमा पाएका छन् । गत चैतसम्म सक्रिय वर्गमा रहेको कर्जालाई मात्र यस्तो सुविधा राष्ट्र बैङ्कले दिएको हो ।

यस्तो सुविधा दिइएको कर्जामा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गनुपर्ने पनि शर्त तोकिएको छ भने कर्जाको वर्ग परिवर्तन पनि गर्न निषेध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर