कोरोनाका ३४ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परीक्षण गर्दा १२ र एन्टीजेन परिक्षण गर्दा २२ गरी जम्मा ३४ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८।८ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शून्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार १६७ जनाले कोरोना परीक्षण गरेका थिए भने खोप लगाउनेको संख्या २२ हजार ६७० शून्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ८९ जना रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर