नागरिक उन्मुक्ति पार्टीद्वारा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

सो पार्टीद्वारा रेशम चौधरीलाई सर्वोच्च अदालतले मंगलबार जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट राजधानीमा एक प्रेसविज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।

विज्ञप्तिमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिए ।

“यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं । जेठ ३ ४ र ५ गते देशव्यापि राँके जुलुस प्रदर्शन, कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा यसै प्रेसविज्ञप्तिमार्फत जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थरुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर