“हामी अझै न्यायिक पखाईमा छौं, रत्तिभर मन विचलित छैन”

काठमाडौं । टीकापुरको हिंसात्मक घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतले जेठ २ गते सुनाएको फैसलाले मप्रति न्यायिक नहुन सक्छ तरत्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न भन्ने प्रतिक्रिया व्यक्त गरेका छन् । चौधरीले सर्वोच्च अदालतले मंगलबार उनको पुनरावेदनप्रति गरेको फैसलापछि बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै उक्त प्रतिक्रिया व्यक्त गरेका हुन् ।

उनले विज्ञप्तिमा टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसलालाई स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ उल्लेख गरेका छन् । “हामी सम्मानितलाई सदा सम्मान गर्छौं । साथै सम्मानित अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नुपर्दछ । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाइँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्नु हुन अनुरोध गर्दछु” उनको विज्ञप्तिमा उल्लेख छ ।

चौधरीले विज्ञप्तिमा मलाई अझै सर्वोच्च न्यायालयप्रति भरोसा छ, हामी अझै न्यायिक पखाईमा छौं । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु कुरा बताएका छन् ।
उनको विज्ञप्तिको अन्त्यमा “म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर मन विचलित छैन” भन्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर