कामिरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं ।  कामिरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। सेभेन समिट ट्रेक्सले दिएको जानकारी अनुसार शेर्पा बुधबार बिहान साढे बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।

उनले फेरि सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका छन्। यसअघि २६ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा थियो। सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा अहिले ५३ वर्षका भए। उनी पहिलोपटक सगरमाथा चढ्दा २४ वर्षका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर