नेपाली कांग्रेस राजनीतिक नभई आवारा पार्टी हो : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई “आवारा” पार्टीको संज्ञा दिएका छन् । एमालेद्वारा बुधबार पार्टीले आयोजित मदन–आश्रित स्मृति दिवसमा ओलीले कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञासमेत दिन नहुने विचार व्यक्त गरे ।

ओलीले भने, ‘देशको आर्थिक अवस्था कमजोर भएको छ । देश यस्तो अवस्थामा छ । तर इतिहास बोकेको पार्टी भोलि कहाँ पुग्ने हो थाहा छैन । देश कहाँ लाग्ने हो उसलाई थाहा छैन । एमाले एक्लैले देश बनाउने अभिभारा पूरा गर्छ । हामी सत्ता स्वार्थका लागि कसैसँग मिल्दैनौं । देश जनता, सुशासनका लागि, समृद्धिका लागि मिल्छौ ।’

अध्यक्ष ओलीले अहिलेको गठबन्धन सत्ता प्राप्तिका लागि मात्र बनेको दाबी गर्दै देश झनै आर्थिक समस्यामा पर्ने चिन्ता व्यक्त गरे । ‘देशमा राजनीतिक अराजकता भयो । सरकार जान्छ कि टिक्छ भन्नेमात्रै चिन्ता छ । देश संकटै संकटले घेरिएको छ । आर्थिक अवस्था बिथोलिएको छ । सरकार समाजलाई आफ्नो गतिमा लग्न सचेत देखिँदैन’, उनले भने, ‘एमाले यसमा गम्भीर हुनुपर्छ, गम्भीर छ ।’ अध्यक्ष ओलीले देशलाई समृद्धिको बाटोमा लग्न मदन भण्डारीका सपनालाई अगाडि बढाउनुपर्ने पनि उल्लेख गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर