फिल्म ‘केरला स्टोरी’ लाई लिएर झडप, एक जनाको मृत्यु आठ घाइते

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा मंगलबार फिल्म ‘द केरला स्टोरी’ को विषयलाई लिएर साम्प्रदायिक झडप भएको छ ।

झडपमापरी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । त्यसक्रममा प्रहरीले १०० जनाभन्दा बढीलाई पक्राउ गरेको छ ।

बीबीसीका अनुसार अकोला सहरमा भएको उक्त हिंसा प्रदर्शनरत विवादित फिल्म ‘द केरला स्टोरी’ लाई लिएर सामाजिक सञ्जालको पोस्टबाट सुरु भएको थियो । दुई व्यक्तिबीच कुराकानीको स्क्रिनसटलाई इन्स्टाग्राममा सार्वजनिक गरेपछि विवाद चर्किएको थियो ।

प्रहरीका अनुसार एक समुदायका सदस्यहरु अकोलाको एक प्रहरी चौकीबाहिर फिल्मको बारेमा सोसल मिडिया पोस्टको विरोध गर्न भेला भएको बेला उक्त हिंसा भएको थियो ।

स्थिति नियन्त्रणमा लिन अधिकारीले इन्टरनेट सेवा अवरुद्ध गरेका छन् भने कर्फ्यु जारी गरिएको छ । झडपमा घाइते हुनेमा एक महिला हवल्दार पनि छिन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर