फ्रान्समा पेन्सन आन्दोलन हिंस्रक बन्दै, राष्ट्रपतिको नातेदारमाथि आक्रमण

काठमाडौं । फ्रान्समा पेन्सन सुधार नीतिको विरोधमा इमानुएल म्याक्रोनको सरकारविरुद्ध प्रदर्शन जारी छ। यस प्रदर्शनको बीचमा, राष्ट्रपति म्याक्रोनकी पत्नी ब्रिजेट म्याक्रोनको भाउजुमाथि आक्रमण भएको थियो। यो पहिलो पटक होइन, यसअघि पनि उनको परिवारलाई निशाना बनाइएको थियो ।

आक्रमणको निन्दा गर्दै ब्रिजेटले भनिन्, “म मेरो परिवारसँग छु। म हिजो राति ११ बजेदेखि लगातार उनीहरुसँग सम्पर्कमा छु। मैले धेरै पटक यस्ता हिंसाको निन्दा गरेको छु, जसले नराम्रो मात्र निम्त्याउँछ।”

३० वर्षीय जीन ब्याप्टिस्ट ट्रोग्ने उत्तरी फ्रान्सको एमिएन्समा पारिवारिक चकलेट पसल चलाउँछन्। ब्रिजेट म्याक्रोनको परिवारले लगातार ६ पुस्तादेखि चकलेटको व्यापार गर्दै आएको छ । उनी चकलेट पसलबाट घरतर्फ जाँदै गर्दा आक्रमणकारीले आक्रमण गरेको उनका आफन्तले बताए ।

उनका बुवा, जीन–अलेक्जेन्डर ट्रोग्नेले भने कि भाग्नु अघि आक्रमणकारीहरूले राष्ट्रपति, उनकी पत्नी र परिवारका सदस्यहरूविरुद्ध पनि गाली पनि गरे। घटनालाई अस्वीकार्य भनी वर्णन गर्दै, राष्ट्रपति इमानुएल म्याक्रोनले भने कि उनी पेन्सन सुधार नीतिमा अडिग रहनेछन्, जसले सेवानिवृत्तिको उमेरलाई ६२ बाट ६४ मा बढाउनुपर्ने माग गर्दछ। अन्य फ्रान्सेली राजनीतिज्ञहरूले पनि घटनाको निन्दा गरेका छन्। (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर