इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति एसी मिलानलाई १-० ले हराउँदै समग्रमा ३-० को जितसहित इन्टर फाइनल पुगेको हो ।

पहिलो लेगमा इन्टरले २-० को जित निकालेको थियो ।

दोस्रो लेगमा इन्टरलाई जित दिलाउन लाउटरो मार्टिनेजले निर्णायक गोल गरे ।

मार्टिनेजले खेलको ७४ औं मिनेटमा गोल गरेका हुन् ।

इन्टर १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।

यस अघि इन्टरले २०१० मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।

अब इन्टरले उपाधिका लागि म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर