ग्रिन सिटी अस्पतालको फार्मेसीमा तोडफोड

काठमाडौं । म्याद सकिएको औषधि दिएर बिरामीको मृत्यु भएको आरोप लगाउँदै बसुन्धरास्थित ग्रिन सिटी अस्पतालको फार्मेसीमा तोडफोड गरिएको  छ। दीर्घ श्वासप्रस्वास समस्या (सीओपीडी)को बिरामीलाई फार्मेसीले म्याद गुज्रिएको औषधि दिएको आरोप आफन्तहरुको छ। त्यही औषधिका कारण बिरामीको ज्यान गएको पनि उनीहरुको आरोप छ। गोरखाका ६० बर्षीय पुरुषको आइसीयूमा उपचारका क्रममा सोमबार अपरान्ह मृत्यु भएको थियो।

अस्पताल प्रशासन भने औषधिमा समस्या नभएको दाबी गरिरहेको छ। बिरामीको मृत्युपछि आफन्तले म्याद गुज्रिएको औषधिकै कारण बिरामीको मृत्यु भएको भन्दै साँझ पाच बजेतिर अस्पतालको फार्मेसी तोडफोड गरेका छन्। तोडफोडको केही बेरमा प्रहरीले स्थिति नियन्त्रणमा लिएको अस्पताल प्रशासनले जानकारी दिएको छ। प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा एक जना फर्मासिस्टलाई नियन्त्रणमा लिएको छ।तोडफोडपछि अहिले अस्पतालको फार्मेसी सञ्चालनमा आएको छैन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर